राजनीति

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता नगर्ने जनाएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । विगतमा पार्टी एकताको नाममा धोका भएको भन्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा आँफुहरु नरहेको उनको भनाइ छ ।

पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने कुरा अहिलेका लागि महत्वपुर्ण भएको प्रधानमन्त्री प्रचण्डले बताए । त्यस्तै, प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताए । चितवनका केरा किसानहरुलाई क्षतिपूर्ति दिने विषयमा छलफल जारी रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *