राजनीति

राजदूतमा भागबन्डा मिलेसँगै आजै नियुक्तिको तयारी

काठमाडौं । सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेसँगै आजै राजदुत नियुक्ती गर्ने तयारी रहेको छ ।

बिहीबार सिहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच लामो समयको छलफलपछि राजदुत नियुक्तीको विषयमा सम्झौता भएपछि आजै राजदुतहरुलाई नियुक्ती गर्ने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तीन दलका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार एमालेलाई ८, रास्वपालाई २ र माओवादीले १ देशको राजदूत पाउने सहमति बनेको छ । आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले राजदुत नियुक्ती गर्ने तयारी गरेको छ ।

सरकारले जेठ २४ गते सत्ता समीकरण फेरिएपछि कांग्रेस र जसपाको कोटाबाट नियुक्त भएका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *