काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही दिनभित्र स्वास्थ्यका कर्मचारीमाथि अनुगमन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । सोमबार संसद्को शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिमा बोल्दै यादवले सरकारी अस्पतालहरूले नागरिकलाई सेवा दिन आलटाल गरेक बताउँदै अनुसन्धानका क्रममा दोषी भेटिए कारबाही गर्ने उनले बताएका हुन् ।
स्वास्थ्यमन्त्री यादवले केही दिनभित्र नै केहीलाई कालोबजारी गरिहेको बेला पक्रने बताए ।
त्यसका लागि रातदिन आँफू अनु्सन्धानका लागि बाहिर निस्कने समेत उनले बताए ।




