मधेश प्रदेश

मधेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । सिँह गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए । सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए भने आज दुई जना मन्त्रीलाई नियुक्ती गरका हुन् । मधेश प्रदेशमा जनमत पार्टीको सिफारिसमा नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनमतका त्रिभुवन साह वन तथा वातावरण मन्त्री र सकिल मिया विना विभागीय मन्त्रीको शपथ लिएका हुन् । उनी दुवै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । मन्त्री बनेका साह सिरहा ४९१० र मिया सप्तरी १९२० मत बाट निर्वाचित सांसद हुन् । दुई मन्त्री थपिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंहको मन्त्रिमण्डल अब १६ सदस्यीय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *