कर्णाली प्रदेश

कर्णालीमा फसेका १३ वटा खच्चडहरुमध्ये ११ को सकुशल उद्धार

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटाको सकुशल उद्धार गरिएको छ । सो पुलमा फसेका २ ओटाको भने मृत्यु भएको छ । आइतबार बिहान पुलको लठ्ठा चुँडिएर खच्चडहरू पुलमै फसेका थिए। पुलमा फसेको केही घन्टापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोली पुगेर उद्धार गरेको हो।

दैलेख र अछाम जोड्ने पुलको तारजाली कमजोर भएका कारण चामल बोकेर फर्किएका खच्चडहरू पुलमा फसेका थिए।

दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालले , सबै खच्चडको उद्धार सकिएको जानकारी दिदैँ फसेकामध्ये १० वटालाई खोलामा खसालेर उद्धार गरेको बताए । बाँकी दुईवटा नदिमा खसाउँदा ढुंगामा बजारिएपछि मृत्यु भएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *