बागमती प्रदेश

बागमती प्रदेशसभा परिसर जलमग्न(फोटोफिचर)

मकवानपुर।सोमबार दिउँसो परेको वर्षाका कारण बगमती प्रदेशसभा सचिवालय परिसर जलमग्न भएको छ । सोमबार दिउँसो करिब एक घण्टा पानी पर्दा हेटौंडा–१०, स्थित प्रदेशसभा सचिवालय परिसर जलमग्न भएको हो ।

वर्षाको पानीको उपयुक्त निकास नहुँदा पानी जमेर सचिवालय परिसर पानीले भरिएको थियो । पानी जमेका कारण सांसदहरुलाई बैठक स्थलमा जान र बैठकमा सहभागी हुन सकस परेको छ ।

संसद् सचिवालय भित्र पानी जम्ने समस्याका कारण अघिल्लो वर्षहरुमा बैठक नै प्रभावितसमेत भएको थियो । समाधानका लागि सांसदहरुले आवाजसमेत उठाउँदै आएका छन् तर, समस्या समाधान हुन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *