देश

सिरोहियामाथिको अनुसनधान सकिएन, म्याद थप्न अदालत लैजाने तयारी

जनकपुरधाम । नागरिकता किर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लग्ने तयारी गरेको छ ।

धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । उक्त म्याद बिहिवार नै सकिएको थियो । विहिवार सार्वजनिक विदा रहेकाले प्रहरीले आज सिरोहियालाई म्याद थपका लागि अदालत लैजान लागेको हो ।अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

जिल्ला अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही राति स्थलमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेश गरिएको थियो ।

सिरोहियाको नागरिकता अगिकृत हुनुपर्नेमा वंशज बनाइएको, फरक फरक कम्पनीमा फरक फरक नागरिकता प्रयोग भएको, सिरोहियाको नाममा रहेको नागरिकता अर्कै व्यक्तिको नाउँमा समेत देखिएको लगायत आरोपहरु सिरोहियामाथि छन् । फैजदारी अभियोग लागेका सिरोहियाको नागरिकता किर्ते सम्बन्धी कसुरको विषय पेचिलो बनिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *