
काठमाडौँ। सहकारी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सकिएको छ । आज बिहान कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठक सकिएको हो ।
संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।बैठकमा कुनै सहमति नभएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । ‘कसरी समाधान गर्ने भन्ने सहमति भयो’ बर्तौलाले भने ‘बिषयमा प्रवेश गर्यौँ तर निष्कर्षमा पुगिएन् ।’
आजको संसद् चल्ने बर्तौलाले बताए । तर बैठकपछि नेपाली कांग्रेसका जीवन परियारले भने यो नटुंगी संसद् नचल्ने बताए ।मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए ।
आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।
एमालेका नेतासमेत रहेका कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको छ । जसको सदस्यहरूमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका सांसद शिशिर खनाल छन् ।