राजनीति

 प्रचण्ड किन रन्किए काङ्ग्रेससँग ?

  काठमाडौं ।  विगतदेखि केही समय अघिसम्म प्रधानमन्त्री प्रचण्ड नेपाली काङ्ग्रेससँग असाध्यै नजिक थिए भने रास्वपा र नेकपा एमालेसँग निकै टाढा थिए । प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिलाई निकै फरक दृष्टिकोण नकारात्मक शैलीमा जवाफ दिन्थे । तर सत्ता केन्द्रित राजनीतिकमा केन्द्रित भएर  संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेससँगको सत्ता गठबन्धन टुटाएर रास्वाका सभापतिलाई गृहमन्त्रीमा नियुक्ति गर्दै नेकपा एमालेसँगको सरकार गठन गरेपछि प्रधानमन्त्री प्रचण्ड काङ्ग्रेससँग चिढिएका छन् ।

उनले अहिले सहकारी प्रकरणमा  आरोप लागेका गृहमन्त्रीलाई बचाउन हरेक षडयन्त्रकारी गतिविधि गरिरहेका छन्  । देशको सबैभन्दा ठुलो तथा पुरानो पाटी नेपाली काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा तानाशाह शैलीको गतिविधिलाई स्वीकार नसक्ने बताउँदै प्रधानमन्त्रीले गर्दै आएका अलोकतान्त्रिक गतिविधीका बारेमा सशक्त भएर प्रतिपक्षको रूपमा संसदमा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री प्रचण्डको बेला–बेला टाउको दुख्ने गरेको छ । सोही कारण काँग्रेसले सरकारको आलोचना गर्दा प्रधानमन्त्ती प्रचण्ड काङ्ग्रेसप्रति आक्रामक शैलीमा प्रस्तुत हुने गरेको । तर नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई लोकतान्त्रिक पथमा हिँडाउने उद्देश्यले संविधानको बाटो र जनताको मत दुरुपयोग हुन नदिन संसद्मा सरकारलाई चुनौती दिन थालेपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेसप्रति आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन्  । प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिए ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो । प्रधानमन्त्री सांसदहरूको १५७ अङ्क पाए । तर विश्वास पाउन सकेनन् । प्रतिपक्षमा रहेको काँग्रेसले नाराबाजी गरेपछि प्रतिपक्षलाई सक्ता र शक्तिका आधारमा  विश्वासको मत लिएको सभामुख देवराज घिमिरेले घोषणा गरे । तर प्रधानमन्त्रीले पाएको १५७ अङ्कलाई काँग्रेसले अङ्क मात्र पाएको विश्वासको मत नपाएको बताएको छ ।

प्रधानमन्त्री प्रतिपक्ष दल काँग्रेसका लागि अविश्वासको पात्र ठानेर नै काँग्रेसले विश्वासको मत दिएन ।  नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति गठन सरकारलाई चुनौती दिदै प्रतिपक्षको मागलाई सम्बोधन गर्न नसकेको बताउँदै अविश्वास गरेको हो । चौथो पटक विश्वासको मत लिने दिन संसद्मा प्रतिपक्षको माग विपरीत विश्वासको मत लिन लागेपछि काँग्रेसले प्रधानमन्त्रीको तानासाह शैलीको प्रतिकार गर्दै संसद्मा अवरोध जनायो । त्यस कारण प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेसप्रति धम्कीको शैलीमा आगामी दिनमा काँग्रेसले ठुलो मूल्य चुकाउनुपर्ने भन्दै अभिव्यक्ति दिए। 

काँग्रेसले प्रधानमन्त्रीलाई जवाफ तानशाह शैलीमा विश्वासको मत लिने अनि काँग्रेसलाई धम्की दिने ? प्रधानमन्त्रीको जवाफपछि संसदीय दलको बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई जङ्गलबाट राजनीतिमा ल्याउने काँग्रेस भएको भन्दै काँग्रेसले लगाएको गुण बिर्सिएको बताए ।   सत्ता परिवर्तनका लागि हतियार उठाएर हिँडेको बेला शान्ति प्रक्रियामा तपाईँलाई कसले ल्यायो भन्दै लेखकले प्रधानमन्त्रीलाई जवाफ दिए । 

नेपाली काँग्रेसलाई धम्क्याएर नडराउने भन्दै लेखकले के को मूल्य चुकाउनुपर्ने भन्दै प्रश्न गरे । नेपाली काँग्रेसले सहकारीको समस्या देशको डर लाग्दो समस्या भएकाले सहकारीको रकम हिनामिना गर्ने रवि लामिछानेमाथि संसदीय समितिले छानबिन गर्नुपर्ने काँग्रेसको माग कायम छ । तर समिति गठन गरेर पनि लामिछानेलाई सत्ताको आडमा जोगाउन खोजेपछि नेपाली काँग्रेसले सहकारीको रकम हिनामिना गर्ने सबैमाथि छानबिन गर्न सरकार तयार हुनुपर्ने तर्क राख्दै आएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरे निष्पक्ष नभएको आरोप लगाउँदै उनको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । नेपाली काँग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभामा सभामुखले आज निर्वाह गरेको  भूमिका पदीय गरिमा अनुकूल नभएको ठहर गर्दै त्यसप्रति प्रश्न उठाएको हो ।

काँग्रेसले प्रतिनिधिसभामा विपक्षी दलको विरोध र नाराबाजी संसद् बैठकका कार्यसूची अघि बढाएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो । “सङ्घीय संसद्को  गरिमामय सभामुख पदमा आसीन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्यमान्यतालाई कुठाराघात गर्दछ । तसर्थ काँग्रेस संसदीय दलको यो बैठक सभामुखलाई संसदीय मूल्यमान्यता र परम्परा जोगाउनेतर्फ काम गर्न गम्भीररुपले ध्यानाकर्षण गर्दछ”, बैठकको निर्णयमा उल्लेख छ ।

विपक्षी दलको विरोध र नाराबाजी प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढाएको र नेपाली काँग्रेसका सांसदलाई बोल्न नदिएको काँग्रेस संसदीय दलको आरोप छ । संसदीय दलको बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गर्न सुहाउँदैन उनले भने ।  लोकतान्त्रिक एवं संसदीय मूल्यमान्यता बिर्सेर संसद् बैठक सञ्चालन गर्न नहुने निष्कर्ष काँग्रेसको छ ।   

प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिनको समयावधि रहेकामा विपक्षी दलहरूको मागबमोजिम संसदीय छानबिन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिने प्रक्रिया पूरा गराउनु अनुपयुक्त भएको सचेतक लेखकले बताए ।  काङ्ग्रेससहित सङ्घीय संसद्मा रहेका सबै विपक्षी दलहरूले सहकारी ठगीसम्बन्धीमा स्वतन्त्र र निष्पक्ष छानबिनको सुनिश्चितता गर्न संसदीय छानबिन समिति गठनको माग जारी राखेका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *