राजनीति

गृहमन्त्री लामिछानेलाई गगन थापाको चुनौती ,सहकारी प्रकरणमा नाम तोकेरै छानबिन हुन्छ

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिए लगत्तै कांग्रेस सांसदहरुले पुनः सांसद अवरोध गरेका छन् । गृहमन्त्रीले जवाफ जारी राखेका बेला कांग्रेसका सांसदहरु आसनबाट उठेपछि सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरेको उद्घोष गर्दै बैठक स्थगित गरे । अर्को बैठक भोली बस्ने जनाइएको छ ।

यस्तै  महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेर जनतालाई समवेदना दिएको बताए । महामन्त्री थापाले आइतबार नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै आफूमाथि रोस्ट्रमबाट गृहमन्त्री लामिछानेले लगाएको आरोप पुष्टि गर्न र समिति बनाउन समेत चुनौती दिए ।

 महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्ड र ओलीलाई दायाँ बायाँमा राखेर शक्तिमा महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै छानबिन गर्ने विषयमा पछि नहट्न समेत चुनौती दिए ।  उनले गृहमन्त्रीलाई जवाफ दिदैँ प्रसूतिगृहमा जन्मिएकाले त्यहीबाट घटनाक्रममाका बारेमा छानबिन गर्न चुनौती दिए । महामन्त्री थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन् ।

गहृमन्त्री लामिछानेले महान्त्री थापालाई विभिन्न आरोप लगाएपछि थापाले गृहमन्त्री रवि लामिछानेलाई तोकेर नै सूर्यदर्शन सहकारी लगायतका सहकारीका बारेमा छानबिन गर्नुपर्ने बताए ।  उनको संलग्न उक्त सहकारीमा भएकाले व्यक्ती तोकेर नै छानबिन हुने महामन्त्ती थापाले बताए । महामन्त्री थापाले गृहमन्त्री लामिछनेले सबै नेता चोर हौँ भन्ने आशय व्यक्त गरेको उल्लेख गर्दै  मैले पनि चोर्न पाउनुपर्छ भाष्य बनाएको टिप्पणी गरेको बताए ।  महामन्त्री थापाले कांग्रेस नेताहरुलाई धम्की नदिन  समेत गृहमन्त्तीलाई चेतावनी दिए ।

गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशक (एमडी) हुँदा ऋण लिने कुनै निर्णय नगरेको भन्ने संसदमा अभिव्यक्ति दिएपछि महामन्त्री थापाले १५ प्रतिशत सेयर होल्डर र प्रबन्ध निर्देशक भएका लामिछानेले भने जस्तो निर्णय नै नगरी रातारात पैसा आउने परिकल्पना उनीबाहेक कसैले गर्न नसक्ने उल्लेख गरे ।

गृहमन्त्री लामिछानेले गोरखा मिडिया नेटवर्कले चलाएको ग्यालेक्सी टीभीमा एमडी हुँदा कुनै निर्णय नगरेको बताएको भन्दै महामन्त्री थापाले एमडीले निर्णय नै नगरी रातारात पैसा आउँछ भन्दै प्रश्न गरे ? उनले टेलिभिजनको अडिट रिपोर्टमा पटक–पटक ऋण लिएको भनेर गृहमन्त्रीले सिग्नेचर लिएको उल्लेख गरे । थापाले त्यसबाहेक लामिछानेले आफूविरुद्ध उजुरी नभएको र कतै अभियोजन पनि नगरिएको भनेर अर्को झुट बोलेको बताए । थापाले लामिछानेले आफूले मात्र झुट नबोलेर प्रहरी महानिरीक्षकलाई पनि झुट बोल्न लगाएको टिप्पनी गरे । केही समयअघि गृहमन्त्ती लामिछानेका विषयमा प्रधानमन्त्ती प्रचण्डको बलमा प्रहरी प्रमुखले नै सहकारीमा नमुछिएको बताएका थिए ।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेमाथि पोखरामा पूरक उजुरी परेको र त्यसमा सीआईबीले छानबिन गरेको समेत उल्लेख गरे । । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी प्रत्येकमा समेत गृहमन्त्तीको नाम जोडिएको बताए । रास्वपाका सभापति र पाटीका अन्य व्यक्तिहरु समेत सहकारीको बचत अपचलनमा संलग्न रहेको बताए । सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी सहकारी संस्थामा संलग्न देखिएका व्यक्तिहरू हाम्रो कृषि सहकारीको काण्डमा पनि विवादमा परेका महामन्त्री थापाले उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *