![](https://www.sankalpakhabar.com/wp-content/uploads/2024/05/vdg.jpg)
काठमाडौं । सहकारी ठगी प्रकरणका बारेमा निष्पक्ष अनुसन्धानका लागि संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको मागलाई सरकारले लामो समयपछि सम्बोधन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार शनिवार सहमत भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूको बैठकले सहकारीको समस्यामाथि निष्पक्ष छानबिन गर्न गठन गरेको संसदीय छानबिन समिति कानुनमन्त्री पदम गिरीको संयोकत्व बनेको छ । उक्त कार्यदलमा काँग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् ।
आइतबार क्षेत्राधिकारको मस्यौदाका लागि कार्यदलको बैठक सिंहदरबारमा कानुन मन्त्रालयमा जारी छ । नेपाली काँग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि पनि अनुसन्धान हुनुपर्ने सरकारसंग माग राखेको छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा बचतकर्ताहरूको दुई करोड रकम हिनामिना गरेका छन् । उक्त तथ्याङ्क प्रहरीले गरेको अनुसन्धानमा उल्लेख छ ।
सरकारले कार्यक्षेत्र तोक्दा गृहमन्त्री लामिछानेलाई शक्तिका आधारमा सरकारले छुट दिएमा पुनः संसद् बैठकमा अवरोध गर्ने काँग्रेसले जनाएको छ । सरकारले संसदीय समितिमार्फत संहकारी काण्डमा मुछिएका सबैलाई निष्पक्ष छानबिन प्रक्रियालाई अगाडी बढाएर सहकारीमा देखिएको समस्या समाधान गर्दै सहकारी र जनतालाई बलियो बनाउन सक्नुपर्छ ।