
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेले संसदीय इतिहासमै पहिलो पटक संसदीय अभ्यास विपरीत काम गरेको बताएको छ । नेपाली काँग्रेसका पार्टी प्रवक्ता समेत रहेका सांसद डा। प्रकाश शरण महतले संसदीय मर्यादा र कार्यविधि विपरीत क्रियाकलाप सभामुखले बढाएको बताए । बिहीबार संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले यस्तो बताएका हुन् ।
सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय समिति गठन गरेर सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारसमक्ष काँग्रेसले माग जारी राखेपछि सभामुखले जबरजस्ती एमाले अध्यक्ष ओलीको आँटमा सभामुख देवराज घिमिरेले राणा शासन शैलीका बैठकलाई अगाडी बढाउन खोजेपछि संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले संसदीय मर्यादा अनुसार चल्न सरकारलाई अनुरोध गर्दा एमाले अध्यक्ष ओली सत्तापक्ष भएर बाघ गर्जे झैँ प्रतिपक्षका नेताहरूलाई झम्टन आएपछि काँग्रेसका नेताहरू र सत्ता पक्षका नेताहरुबीच घम्साघम्सी चलेको थियो ।
काँग्रेसले संसद्मा बिहीबार वेल घेराउ गरेको थियो। यसअघिदेखि नै नाराबाजी गर्दै आएको काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। काँग्रेसले संसदीय अभ्यास विपरीत सरकार चलेको भन्दै सत्तापक्षले प्रतिपक्षसँग माफी माग्नुपर्ने बताएको छ ।