
काठमाडौं । सभामुख देउवाराज घिमिरेले संसद्को गतिरोध अन्त्यका लागि बोलाएको संसद् बैठकमा नेपाली काँग्रेस नयाँ रणनीतिका साथ प्रस्तुत हुने भएकाे छ । सरकारले सहकारी प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै आएको छ । सरकारले संसदीय समिति गठनका लागि असहमत जनाएपछि काँग्रेसले समिति गठन नगरेसम्म संसद्म अवरोध जनाउने भएको छ । सभामुख घिमिरेले बिहान ११ बजेका लागि तोकेको बैठक अपराह्न ४ बजेका लागि सरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव गरेपछि काँग्रेस उक्त प्रस्तावमाथि सहमति जनाएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएको स्रोतले जनाएको हो । प्रधानमन्त्री प्रचण्डले उक्त आश्वासन देखाएर गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि सरकारले संसदीय समिति गठन नगरे पुनः संसद् अवरोध गर्ने काँग्रेसले जनाएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले संसद्मा गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव सभापति देउवालाई गरेपछि काँग्रेस उक्त कुरालाई सकारात्मक लिएको बताए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले गरेको प्रस्तावमाथि पाटीका शीर्ष नेतहरुबीच छलफल जारी रहेको छ । प्रधानमन्त्रीले काँग्रेसलाई गरेको प्रस्तावमाथि नेकपा एमाले पनि सहमत भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ । यस्तै रास्वपाका सह–प्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताएका छन् ।