काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा राजनीतिक दलहरुबीच बढेको असन्तुष्टि कारण सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । एमालेले प्रदेश सरकार गठनकामा अवरोध जनाइरहेको बेला गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति भएका दीर्घ बहादुर सोडारीले दोस्रो पटक विश्वासको मत पाउन नसकेपछि पुनः निरन्तर तेस्रो पटक तयारी थालेका छन् ।
मुख्यमन्त्री सोडारीले एमालेको अवरोध कै कारण गत वैशाख २१ गते पहिलो पटक विश्वासको मत लिन सकेनन् । विश्वासको मत लिनका लागि वैशाख २१ गते साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो । एमाले केन्द्रको नेतृत्वका बारेमा तत्काल छलफल नभएको भन्दै मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने बाटो बन्द ग¥यो । पहिलो पटक विश्वासको मत पाउन नसकेपछि सोडारीले वैशाख २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर सोही दिन पनि एमालेले मुख्यमन्त्री सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने बताउँदै पासो थाप्यो । विश्वासको मत पाउने सम्भावना नरहेपछि अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको थियो ।
प्रदेश सभा बैठकका बारेमा अहिलेसम्म टुङ्गो नलागे पनि एमालेलाई चुनौती दिनकै लागि मुख्यमन्त्री सोडारीले तेस्रो पटक विश्वासको मत लिने समय तोकेका छन् । सोडारी जेष्ठ ३ गते विश्वासको मत लिने तयारीमा जुटेका छन् । मुख्यमन्त्री सोडारीले जेठ ४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेकाले उनले विश्वासको मतका लागि समय निर्धारण गरेका हुन् । मुख्यमन्त्री सोडारीलाई १ महिनासम्म विश्वासको मत लिने बाटोमा धराप थापेर सरकार लडाउने तयारीमा एमालेले रणनीति तय गरेको छ । मुख्यमन्त्री सोडारीले ३ गते विश्वासको मत लिने तयारी गरेपछि एमाले सोडारीलाई विश्वासको मत दिने विषयमा केन्द्रको छलफल निष्कर्ष पुग्न नसकेको उल्लेख गरेको छ ।
विश्वासको मतका लागि मुख्यमन्त्री सोडारी केन्द्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल र परामर्शमा व्यस्त छन् । प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री सोडारीलाई जेठ ३ गते विश्वासको मत लिन तयारी गर्न निर्देशन दिएपछि उनले सोही अनुसार विश्वासको मत लिने तयारीमा गरेका हुन् । तर केन्द्रित गठबन्धनमा रहेको नेकपा एमालले अझै पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा नाटक मञ्चन गरिरहेको छ ।




