मधेश प्रदेश

जसपा विभाजन गर्ने गतिविधि पार्टीको भावना र राजनीतिक दल सम्बन्धि ऐन विपरित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को मधेस प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ ।

जसपा विभाजन भएपछिको परिस्थितिकाका विषयमा छलफल गर्नका लागि आइतबार मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले प्रदेश संसदीय दलको आकस्मिक बैठक बोलाएका थिए। बैठकमा जसपा विभाजन गर्ने गतिविधि पार्टीको भावना र राजनीतिक दल सम्बन्धि ऐन विपरित रहेको निष्कर्ष निकालेको छ ।

जसपाकी मधेस प्रदेश सांसद ललिता तत्माले बैठकमा उपस्थित सबै सांसदले उपेन्द्र यादवको नेतृत्वप्रति एक्यवद्धता जाहेर गर्दै पार्टी विभाजनको षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको बताइन् । उनका अनुसार जसपा विभाज भएपछि उपेन्द्र यादव पक्षले असन्तुष्ट व्यक्त गरेको छ । पाटीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले पाटी विभाजन भएको प्रति असन्तुष्टि जनाएपछि ट्ुटेको पाटीलाई एक ठाउँमा लिएर सँगै अघि बढ्ने योजना छ ।

मधेस प्रदेसभामा जसपाका १९ सांसद छन्। सोमबारको बैठकमा सरोज सिंह कुशवाहा, सहिदा खातुन र शारदा शंकर साहले उपस्थिति जनाएनन् । सांसद कुशवाहाले कार्य व्यस्सथताका कारण बैठकमा उपस्थित हुन नसकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *