देश

हतियार देखाएर सहकारीको ६० लाख लुटपाट

काठमाडौं । धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषाका डीएसपी रञ्जन अवालेका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको र अहिले अनुसन्धान जारी छ । डीएसपी रञ्जन अवाले सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको छ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा पेस्तोल देखाएर लुटपाट भएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *