काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बिहीबार साँझ प्रदेश प्रमुख नजिर मियाँले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नाउपा, समाजवादी र स्वतन्त्र सांसदको समर्थनमा सोडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नाउपाका (रेशम चौधरी पक्ष) पाँचजना सांसदहरूले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । उनीहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको बताएका हुन् ।
ननेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ ।एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए । तर एमालेले मन्त्रीको नाम नदिएपछि रोकियो ।




