राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा गरे मन्त्रिमण्डल बिस्तार,आजै शपथ लिने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा भएको सहमति पश्चात बिहीबार मुख्यमन्त्री महराले मन्त्रीमण्डल बिस्तार गरेका हुन् ।

आज बिहान महराले सत्ता साझेदार दलहरूसँग छलफल गरेका थिए । छलफलमा सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा सहमति जुटे लगत्तै मुख्यमन्त्रीले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।
मन्त्रालय बाँडफाँट टुङ्गाएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय भागबन्डामा परेको छ । एमालेका चेत नारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भुमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने भएका छन् । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *