कोशी प्रदेश

कोसी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गतेका लागि आह्वान

काठमाडौं । कोसी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गते आह्वान गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार अधिवेशन आह्वान गरेका हुन् । पुरानो गठब
न्ध विघट्न गरेर नयाँ गठबन्धन गर्दै सत्तामा समिकरण फेरबदल भएपछि एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । सरकारले भने जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो । तर, सरकारको पत्रमा मिति गलत हुँदा फिर्ता भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *