राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सबन्धी विधेयक पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तीय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेस गर्नेछन् ।

संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधानमाथि सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयकमाथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

साथै, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘विद्युतीय ब्यापार विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *