कर्णाली प्रदेश

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका छन् । कर्णाली प्रदेशमा विश्वासको मत पाऊँ भनी पेस गरेको पत्र फिर्ता लिएका शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् ।

बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका थिए । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । उनले राजीनमा दिदैँ सत्ता समिकरणमा फेरबदल आएपछि राजनीति संस्कारमा विकृति आएको बताएका थिए । केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *