खेलकुद

आज नेपालले बहराइनसँग विश्वकप छनोट खेल प्रदर्शन गर्दै

काठमाडौं । आज नेपालले बहराइनसँगै घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्ने भएको छ । अहिले नेपाली टोली मलेसियाबाट विश्वकप छनोट खेल्न बहराइनमा पुगिसकेका छन् । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।

एउटा खेल बहराइन र अर्को खेल नेपालको घरेलु मैदानमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नभएको देखाएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दोस्रो खेल पनि बहराइनमै खेल्ने सहमति जनाएको हो । नेपाल र बहराइनबिचको दोस्रो खेल चैत १३ गते खेलिने भएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *