काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा कांग्रेसको बाहेक अन्य दलको सरकार नबन्ने निष्कर्ष निकालेको छ । बिहीबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेतृत्वको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन गरेकाले कोशी प्रदेशमा सरकार परिवर्तन गर्ने कुनै विकल्प नरहेको नेपाली कांग्रेसले निष्कर्ष निकालेको हो ।
सभापति निवासमामा छलफलका लागि पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेताहरुले सहभागिता जनाएका थिए । सत्ता समिकरण परिवर्तन भएपनि संविधानको धारा अनुसार कोशी प्रदेश सरकार गठन भएको सरकार परिवर्तनको कुनै विकल्प छैन् ।
सरकार परिवर्तनका क्रममा अहिलेसम्म कोशी प्रदेशले धेरै झमेला भोग्नुपरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान अनुसार गठन गरेको सरकार परिवर्तनको कुनै संभावना नरेको बताएका छन् । सभापति निवासमा कोशी प्रदेश सरकारका बारेमा छलफलका लागि बसेको बैठकमा महामन्त्री गगन थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) मात्रै हाे । सोही अनुसार सरकार बनेकाले अन्य विकल्प नरहेको उल्लेख गरे । महामन्त्री थापाले काशी प्रदेश सरकारका बारेमा विघटन, अविश्वासको प्रस्ताव कुनै केही गर्न नमिल्ने भएकाले मुख्यमन्त्री कार्कीले राख्दै आएको अडानमाथि कांग्रेले सहमति जनाएको बताए ।




