खेलकुद

टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११:४५ बजेदेखि शुरु हुने छ ।

यस अघि सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पिएनजीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पीएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए ।

यस फाइनल अघि आज बिहान ६: ४५ बजेदेखि नै तेस्रो स्थानका लागि हङकङले हङकङ ए सँग खेल्दै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *