काठमाडौं । शेर्पा समुदायको ग्याल्पो ल्होसार एक महिनाअघि नै परेकाे थियाे । शेर्पा समुदायहरुले ग्याल्पो लोसार यसभन्दा अगाडी नै मनाइसकेका छन् । तर सरकारले पात्रोका अधारमा फागुण २८ गतेलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक विदा गरेपछि अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । विशेष गरी हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार यस वर्ष माघ २७ गते थियो । तर, नेपाली पात्रोमा २०८० फागुन २८ गते पारेको छ ।
विगतमा पनि भोटचन्द्र पात्रो अनुसार सम्बन्धित क्षेत्रको विज्ञलाई राखेर सही तिथीमिति राखेर पात्रो निर्माण गर्न सरकारलाई बारम्बर अनुरोध गर्दापनि सुधार हुन नसकेको भन्दै नेपाल शेर्पा संघले आपति जनाउँदै आएका छन् । सरकारले यस्ता विषयमा विशेष ध्यान दिएर सार्वजनिक विदाका बारेमा निर्णयमा पुग्नु उचित देखिन्छ । नेपाल शेर्पा संघले एक विज्ञप्ती जारी गर्दै सोही विषयमा सरकारको ध्यानकर्षण गराएको थियो । ग्याल्पो ल्होसार मनाएको एक महिनापछि सरकारले के आधारमा बिदा दियो भन्ने प्रश्न सबैको मुखमा छ ।
गतवर्ष संघकै अनुरोधमा पञ्चाङ्ग निर्णायक समितिले सही तिथिमै ल्हासार पारेको थियो। त्यही क्रमलाई निरन्तरता दिने अपेक्षा गरिएपनि त्यसो हुन नसक्नु दुःखद पक्ष हो । यसप्रति सरकारको गम्भिर ध्यानाकर्षण गराउदै त्रुटी सच्याउन सरकारसँग जोडदार माग गर्दछौ ,जारी विज्ञप्तीमा उल्लेख छ । ग्याल्पो ल्होसारमा आपसी सद्भाव, सहिष्णुता, भाइचारा र मेलमिलापसहित हिमाली जादिवासी र विशेष गरी शेषा समुदायले हर्षोल्लासका साथ छडरपुल, गुथुक खाप्से खाने र आपसी शुभकामना आदनप्रदान गरी खुसी साटासाट गर्दै दीर्घायुको कामना गर्ने प्रचलन छ । चाडपर्व र अन्य प्रकारका सार्वजनिक, उत्सव र उर्दीको व्यवस्थापन गृह मन्त्रालयले गर्छ। नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ मा यो कुरा उल्लेख छ। गृह मन्त्रालयले वर्षभरि दिइने बिदाको सूची नै राजपत्रमा प्रकाशित गरी सार्वजनिक जानकारी दिन्छ। आउँदो २०८१ वैशाख १ देखि चैत मसान्तसम्मका लागि गत माघ २९ गते नै बिदा तय गरी सूचना प्रकाशित गरिसकिएको छ।
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त विदाका विषयमा सरकारले एक वर्ष अघि नै सार्वजनिक गरेको बताउँदै अहिले सम्म मन्त्रालयमा औपचारिक गुनासो नअाएकाे उल्लेख गरे । तर उक्त विषय सान्र्दभिक भने होइन् । सरकारले पंचाक निर्णायक समितिसँग छलफल गरे चाडपर्वका विदाका विषयमा त्रुटी भने सच्याउनुपर्छ । शेर्पा समुदायले यस विषयमा दुई खालको मत गरेका छन् । एक थरीले सरकारले सार्वजनिक गरेको पात्रोका आधारमा विदा मनाउनुपर्ने बताउँदै आएका छन् भने अर्को थरीले कोर दिनलाई नै आधार मानेर चाडपर्व मनाउनुपर्ने बताएका छन् ।





