देश

शालीन पोखरेलले आत्महत्या गरेको सुसाइड नोटका आधारमा पुष्टि

काठमाडौं । चितवनमा आत्महत्या गरेकी शालीन पोखरेलले आत्महत्या गर्नुअघि लेखेको सुसाईड नोटको उनले नै लेखेको पुष्टि भएको छ ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालका अनुसार घटनास्थलमा भेटिएको सुसाईड नोटसँग शालीनले लेखेको परीक्षाको उत्तरपुस्तिकाको अक्षर ‘कमन अथर’ भएको विधि विज्ञान प्रयोगशालाबाट पुष्टि भएको हो । मंगलबार मृतक पोखरेलको दिउसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनका परिवार र आफन्तले बलात्कार भएको भन्दै आएका थिए । परिवार स्रोतका अनुसार उनको यौनी लगायत शरिरका विभिन्न भागमा समेत केही चोट थियो । बलात्कार गरेर षडयन्त्रकारी ढङगबाट उनको हत्या गरिएको भन्दै सामाजिक संजालमा उक्त घटना देशदेखि विदेश सम्म भाइरल बनेको थियो । यस अघि त्रिवि शिक्षण अस्पतालले पनि मृत पोखरेलको पोस्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *