राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रि-बजेट माथि छलफल सुरू हुने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेस गर्ने कार्यसूची रहेको छ ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आ.ब. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *