काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा ब्यान्डविथ प्लेटफर्मको अभावक कारण नेपालमा स्थायी रुपमा टिकटक बन्द नभएको बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित अनलाइनमा महिला सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । नेपालमा पुर्ण रुपमा टिकटक प्रतिबन्ध लगाउने सरकारले निर्णय गरे पनि मुख्य प्रविधिको अभावकै कारण संभव नभएको उनले बताइन् ।
इन्टरनेटको दुरुपयोगबाट महिलाहरूले असुरक्षा र हिंसा भोग्नुपरेको मन्त्री शर्माले बताउँदै विश्वभरी चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुने गरेको तर नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको बताइन् । मन्त्री शर्माले ‘इन्टरनेटको फाइदा विश्वमा धेरै भएकाले यसलाई सहि तरिकाले प्रयोग गर्नुपर्ने बताइन् ।