
काठमाडौं । नेपाली कांग्रेसले संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि जस्तो सुकै चुनौती आइपरे पनि पछि नहट्ने प्रतिवद्धता जनाएको छ । नेपाली राजनीतिको महत्वपूर्ण ऐतिहासिक दिन फागुन ७ अर्थात प्रजातन्त्र दिवशको अवसर पारेर २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा पार्टी सभापति शेरवहादुर देउवाले समुद्घाटन गरि १० गते सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो प्रतिवद्धता जनाएको हो । कांग्रेस महासमिति बैठकले देशको वर्तमान अवस्था सुधार गर्दै आगामी निर्वाचनमा सुशासनमुखी देशकै शक्तिशाली पाटी बनाउन १८ बुँदे निष्कर्ष निकालेको छ ।
नेपालको राष्ट्रिय स्वाधिनता र नागरिक स्वतन्त्रताका लागि पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरु प्रति हार्दिक श्रद्धा सुमन अर्पण एवं सम्पूर्ण अग्रज नेताहरु तथा देश, लोकतन्त्र र कांग्रेसकालागि जीवन अर्पीत गर्ने सवै पार्टी सदस्य प्रति उच्च सम्मान प्रकट गर्दै,नेपाली जनताले गरेको पटक पटकको क्रान्ति, संर्घष र आन्दोलनवाट प्राप्त उपलव्धी एवं हरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ठ गरेका विषयलाई आत्मसाथ गरि नेपालको संविधानको रक्षा, संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयनका साथै राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने कांग्रेस महासमिति बैठकले निष्कर्ष निकालेको प्रचार विभाग प्रमूख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार कांग्रेस महासमिति बैठकले शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुङ्याउँने प्रतिवद्धता जाहेर गर्दै,भ्रष्टाचार, वेथिती र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले कृतसंकल्पित रहने अठोटका साथ अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिहरुलाई समाधान गर्ने विषयमा कांग्रेसले जिम्मेवारी वोध गरेको छ ।
नेपाली कांग्रेसले आगामी दिनमा मुलूकमा विद्यमान सवैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसा विरुद्ध कार्यक्रमिक अभियान संचालन गर्दै तीनै तहका सरकार संचालनमा देखिएका समस्याहरुलाई समाधानका लागि पार्टीको नेतृत्वदायी भूमिका प्रति सचेत रहने जनाएको छ । यस्तै किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पिडालाई अभिलम्व समाधान गरि पिडितलाई न्याय दिलाउँन सरकारको गंभिर ध्यानाकर्षण गराउन कांग्रेस पछि नहट्ने जनाइएको छ ।
महासमितिको वैठकमा उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयीक राजनीतिक प्रस्तावले नेपाली कांग्रेसको नीति, सांगठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्किोण निर्माण गरेको कांग्रेस महासमिति बैठकले निष्कर्ष निकालेको छ । बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरुवाट अत्यन्तै महत्वपूर्ण सुझावहरु प्राप्त भएका छन् । प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जन सहित अन्तिम रुप दिने गरि तीनवटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले गरेको छ ।
राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता , स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता हो । नेपाली कांग्रेसको नविन उर्जालाई सम्पूर्ण एकताका साथ संगठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धताका साथ ऐतिहासिक महासमितिको बैठक सम्पन्न भएको छ । यो ऐतिहासिक महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य, १६५ निर्वतमान केन्द्रीय पदाधिकारी सदस्य २६, भ्रातृ संघ तथा शुभेच्छुक संस्थावाट १०५, जनसम्पर्क समितिवाट ९७, संसदीय निर्वाचन क्षेत्रवाट निर्वाचित १७८०, जिल्ला सभापति ४६, महाधिवेशन प्रतिनीधिहरुवाट आमन्त्रीत १५४ जना गरि जम्मा २३७३ जना सहभागी भएका थिए ।
कांग्रेस महासमिति बैठकले २०८० फागुन ७ गते दिनको १ बजे उद्धघाटन गरि स्वदेश तथा विदेशस्थित जनसम्पर्क समितिवाट सहभागी जम्मा २३७३ जना महासमिति सदस्यहरुवीच ८ गते विहानै देखि प्रतिवेदन एवं जानकारी प्रस्तुत गरेको थियो । महासमिति बैठकमा छलफललाई सहभागितामूलक, प्रभावकारी र परिणाममुखी बनाउन ४ समूहमा (कोशी र सुदुरपश्चिम, मधेश र कर्णाली, बागमती र गण्डकी, लुम्वीनी र भ्रातृ संघ, सुभेच्छुक संस्था एवं जनसम्पर्क समिति) विभाजन गरेको थियो ।
महासमिति बैठकमा पेश भएका प्रतिवेदनहरुमाथि फागुन ९ गते र १० गते बिहान सम्ममा चारै वटा समूहमा घनिभूत छलफल भएको थियो । कोशी र सुदुरपश्चिम प्रदेशका ४८४ जना सहभागी मध्ये १६२, मधेश र कर्णाली प्रदेशका ५१३ जना मध्ये ११८, वागमती र गण्डकी प्रदेशका ५६१ मध्ये १८८ र लुम्बिनी, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र जनसम्पर्क समितिवाट ४०३ मध्ये १३३ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
महासमिति बैठकमा सहभागीहरुले प्रस्तुत प्रस्ताव र त्यसका अतिरिक्त आफ्ना स्थानीय सवाल र पार्टी संचालनमा देखिएका विभिन्न अफ्ट्यारा एवं चुनौतिवारे धारणा राख्दै पार्टी संगठनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँने सुझावहरु व्यक्त गरेका छन् । वैठकमा सहभागी मध्ये ६३१ सदस्यहरुले व्यक्त गरेका विचार, धारणा र सुझावलाई अभिलेखीकरण गर्न केन्द्रीय कार्यालय, प्रदेश कार्यसमिति र केन्द्रीय प्रचार प्रसार उपसमितिका तर्फवाट सवै समूहगत छलफलमा ३÷३ जनाका दरले टिपोटकर्ताको प्रवन्ध गरिएको थियो ।
प्राप्त विचार, धारणा र सुझावका आधारमा विभिन्न ८ वटा विषयमा प्रतिवद्धता, संकल्प, आत्मसाथ, ग्रहण, प्रण र बोध गर्दै प्रस्तुत प्रस्ताव परिमार्जन सहित केन्द्रीय कार्यसमितिले अन्तिम रुप दिने गरि सर्वसम्मत पारित गरिएको छ ।
बैठकबाट प्राप्त विचार, धारणा र सुझावका आधारमा अन्तिमरुप दिई तयार हुने पार्टीको नीतिले नेपाल र नेपाली जनतामा पार्टीको स्पष्ट, नविन विचार र सांगठानिक कार्यक्रमको खाका पस्कने र यसवाट पार्टी सदस्यबीच उर्जा र उत्साह भर्दै मुलूकमा राजनीतिक स्थायीत्व, आर्थिक सामाजिक रुपान्तरण, धार्मिक सामाजिक एवं सांस्कृतिक सद्भाव वृद्धि गरि समाजमा सकारात्मक आशा, विश्वास र भरोसा जगाउने कांग्रेसले विश्वास लिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति तथा प्रचार प्रसार उपसमितिले ऐतिहासिक महासमितिको वैठकका सहभागी केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्यसमितिका पदाधिकारी सदस्यहरु, ललितपुर, काठमाण्डौ र भक्तपुर जिल्लाका सभापति एवं पदाधिकारीहरु, सम्पूर्ण महासमिति सदस्यहरु, वैठक सफल पार्न विभिन्न उपसमितिमा रहि अहोरात्र कार्य गर्ने भ्रातृ एवं शुभेच्छुक संघ संस्थाका अध्यक्ष एवं प्रतिनीधिहरु, केन्द्रीय कार्यालयका मुख्य सचिव एवं कर्मचारी साथीहरु, यातायात व्यवसायीहरु, सांस्कृतिक तथा साङ्गीतिक झाँकी, गीत एवं नृत्य प्रस्तुतीमा सहभागी कलाकार साथीहरु, ललितपुर जिल्लाका स्थानीय जनप्रतिनधिहरु, सुरक्षाकर्मीहरु, अविछिन्न समाचार संकलन तथा सम्प्रेषणमा महत्वपूर्ण योगदान पु¥याउँनुहुने सम्पूर्ण संचार माध्यमका प्रकाशक, सम्पादक एवं संचारकर्मी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।