राजनीति

राजनैतिक नेतृत्व दुरगामी नहुँदा देशको हालत दयनीय बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आम सर्वसाधारण सोध्छन्, ‘भारत र चीनले कति नेपाली भूभाग कब्जा गरेका छन् । त्यसको विवरण जनतालाई दिन सक्नुहुन्छ ?’ ०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लख ६४ हजार ५७८ रहेको छ ।

यसमध्ये धेरै नेपालीहरु आफ्नो देशको नागरिक त्यागेर अन्य देशको नागरिक भइसकेका छन् । के यसको तंथ्याक प्रधानमन्त्रीले सार्वजनिक गर्न सक्छन् ? मुलुकमा रोजगारी नभएर खाडी पुगेका नेपाली कामदारहरु गल्तीबिना त्यँहास्थित जेलमा छन् ।कतिपयलाई त फासीको समेत सजाय सुनाइएको छ । र, रोजगारीमा गएका अन्य पनि त्यस्तै दिन कुरेर बसिरहेका छन् । सरकारलाई न आफ्नो देशको माया छ न त आफ्ना देशका जनताको । प्रधानमन्त्री भएपछि राष्ट्र र जनताको विषयमा सम्पूर्ण जानकारी राख्दै मुलुकलाई अगाडि बढाउनु पर्नेमा प्रधानमन्त्री प्रचण्डले त्यसो गर्न सकिरहेका छैनन् । यसमा प्रधानमन्त्री मात्र हैन, सबै राजनैतिक दल र जनता स्वयं पनि सचेत बनेका छैनन् ।

आफ्नो देशभित्र के भइरहेको छ ? किन भइरहेको छ ? त्यसले के प्रभाव पारिरहेको छ ? भन्ने बारेमा प्रधानमन्त्रीलाई केही थाहा छैन । यता, सर्वसाधारणलाई अझै भ्रममा पार्न ठुल्ठुलो भ्रष्टाचारको फाइल खोल्ने, आर्थिक सुधारको लागि तत्काल एक्सनमा जाने प्रधानमन्त्री प्रचण्डले दाबी गर्दैै जनताको आँखामा छारो हाल्ने काम मात्र गरिरहे ।

०६३ सालमा जब माओवादी र सरकारबीच वार्ता भयो । अनि माओवादीका नेता तथा कार्यकर्ताले आफु भूमिगत हुँदा बैंक लुटेको पैसा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । त्यसबेला आनाको ५० हजार नपर्ने जग्गा ०७८ सालमा आइपुग्दा ५०औं लाख पु¥याइदिए ।

अहिले सबै पैसा घरजग्गा, गाडी र सेयरमा फ्रिज भएको छ । नेकपा माओवादी केन्द्र अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले हिजो ‘जनयुद्ध’ सुरु गरेको देशको हालत यही बनाउनको लागि हो त ? ०५२ सालअघि नेपालले विदेशीसँग ऋण लिएको थिएन । नेपालीलाई भेडाबाख्रा झै अन्य मुलुकमा बेचिएको थिएन । तर, अहिले त विदेशी ऋण नै २७ खर्ब पुगेको छ । एयरपोर्टबाट दिनहुँ हजारौंको संख्यामा नेपालीहरु विदेशिरहेका छन् ।

अहिले बैंकको अर्बौं ऋण लिएर नतिर्ने दुर्गा प्रसाई राजाले आफ्नो ऋण तिरिदिने आशमा राजाको गुनगान गाइरहेका छन् । धमिलो पानीमा माछा मार्ने खेलमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि रमाएका छन् । प्रसाईले बैंकको ऋण त तिरेनन् नै सँगै व्यापारीहरुको समेत रकम चुक्ता गरेका छैनन् ।

बैंकमा बचत गर्नेहरुको निन्द्रा र भोक नै हराइसकेको छ । बैंकबाट प्रसाईले मात्र होइन, भाटभटेनीका साहु मिनबहादुर गुरुङलगायत ठुल्ठुला व्यापारीहरुले अर्बोदेखि खर्बो ऋण लिएका छन् । तर, तिरेका छैनन् । सरकारले देखिसकेको छ कि सहकारीका कारण बचतकर्ताहरुको के–कस्तो हालत भयो ।

अब बैंकमा निक्षप गर्ने जनता पनि सहकारी कै हालत हुने होइन भनेर चिन्तित बन्न थालेका छन् । बेरोजगार, गरिब युवाहरुलाई प्रयोग गरी प्रसाई बैंक तथा बित्तीय संस्था डुबाउन लागिपरेका छन् ।

त्यसकारण अब सरकारले बैंकबाट ठूलो कर्जा लिएर नतिर्ने व्यक्ति तथा व्यापारीलाई धमाधम पक्राउ गर्नुपर्छ । यीनीहरुले कर्जा नतिर्नेबित्तिकै बैंकमा बचत गर्नेहरु सुकुम्बासी हुनेछन् । अब कि त सरकारले बैंकमा पैसा नराख्नू भनेर सर्वसाधारणलाई सचेत गराउनुपर्छ होइन भने बैंकमा बचत गरेको जनताको रकमको सुरक्षा सरकारले गरिदिनुपर्छ ।

भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *