काठमाडौं । विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बुधबार विशेष अदालत थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ,। उनीहरुलाई गत १० माघमा प्रहरीले पक्राउ गरेको थियो ।
यसअघि विकल र सुनिल माथि दुई फरक–फरक भ्रष्टाचार मुद्दामा आरोप लागेको थियो । त्यसपछि गैरकानूनी सम्पत्ति आर्जन गरेको र विदेशमा गैरकानुनी सम्पति राखेको आरोप लागेको छ ।



