काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०४७ सालको संविधानले शान्तिपूर्ण बाटो बन्द नगरेको अवस्थामा माओवादीले हिंसात्मक बाटो रोज्नु गलत भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् । अध्यक्ष ओलीले परिवर्तनका लागि जनयुद्धको बाटो मात्र नभएको बताउँदै अन्य विकल्प नरोजेकाले अहिले द्वन्द्व पिडितहरु अपाङ, परिवारविहीन र टुहुरो हुनुपरको बताएका छन् ।
माओवादी केन्द्रले द्वन्द्वको समयमा घाइते भएका अपाङ्ग, अशक्त, दृष्टिबिहीनहरुको जिम्मा लिनुपर्ने बताउदै अध्यक्ष ओलीले कार्यक्रममा भनेका छन्– माओवादीले जनयुद्ध थाल्ने समयमा कुनै राणा शासन थिएन, पञ्चायती थिएन, संगठन गर्न नपाइने अवस्था थिएन, यसलाई बेवास्ता गर्दै मुलुकलाई हिँसात्मक आनदोलनमा मुछेर नेपालेलाई पछि पार्ने काम गरेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले कार्यक्रममा भने– माओवादीकै कारण शान्ति प्रक्रिया अभैmसम्म टुंगोमा पुग्न सकेको छैन । उनले भने – आँफू प्रधानमन्त्री भएको बेला संक्रमणकालीन न्यायलाई शान्ति प्रक्रियाको माध्यमबाट टुङ्ग्याउन प्रस्ताव गरेपनि माओवादीले अस्वीकार गरेकाले अहिले यो अवस्था आएको हो ।
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु देशकै लागि दुःखद भएको बताउँदै सशस्त्र युद्धमा सहभागीहरु नै शासक भएर पीडितलाई पीडामै राख्नु न्याय नभएको दाबी समेत गरे ।



