खेलकुद

मालदिभ्सविरुद्ध रुविनाको ऐतिहासिक शतक

काठमाडौं । एसीसी महिला प्रिमियर लिग क्रिकेट अन्तर्गत जारी मालदिभ्सविरुद्धको खेलमा नेपालकी रुविना क्षेत्रीले शतक बनाएकी छन् ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनाएको छ । रुविनाले एक सय १८ रन बनाइन्। उनले ५९ बलमा ५ छक्का र १० चौका प्रहार गरेकी थिइन्। पूजा महतोले पनि ५९ रन जोडिन्। पूजा र रुविनाले पाँचौँ विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *