अर्थ

देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा छ: अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै उनले अर्थतन्त्रमा सुधारको स्थिति आएको बताएका हुन् ।

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताउँदै रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको उल्लेख गरे । उनले भने,‘‘यो सुधारको सङ्केत हो ।’ विगतको तुलनामा अर्थतन्त्रमा देखिएको सुधार देखिएको उनले बताए ।

महतले कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको बताए । ‘कर्जा प्रवाह हुन नसक्दा सबैको चिन्ताको विषय थियो । तर अहिले कर्जाको प्रवाह २ प्रतिशतभन्दा धेरैले बढी छ । महतले अर्थतन्त्रमा बिस्तारै सुधारात्मक दिशामा गएको बताउँदै जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनले बताए । पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *