अर्थ

सरकारले २ खर्ब  २१ अर्ब बजेट घटायो,निर्यात ७.२ प्रतिशत, आयात ३.८ प्रतिशतले घट्यो

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटको संशोधित अनुमान पेश गरेका छ्न् । आव २०८०–८१ को बजेटको सोमबार अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै उनले दुई खर्ब २१ अर्बले आकार घटाए ।

आर्थिक मन्दीका कारण लक्ष्यभन्दा निकै कम राजश्व संकलन भएपछि महतले आफैले बनाएको बजेटको आधार घटाएर संशोधित अनुमान पेश गरेका हुन् ।

कुल १७ खर्ब ५१ अर्बको बजेट पेश गरेका उनले १५ खर्ब ३० अर्ब ६६ करोड मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ । राजश्व कम उठेकाले खर्च पनि कम हुने उनको तर्क छ ।

अहिले भन्सार महशुल र अन्तःशुल्कमा राजश्व निकै घटेको मन्त्री महतको भनाई छ । अर्थतन्त्रमा ब्याजदर घट्दा ऋण लगानी बढ्न थोरै समय लाग्ने उनले बताए । धेरै युवाहरू विदेश जाँदा आन्तरिक उपभोगमा कमि आएको छ । सोही कारण औद्यौगिक उत्पादन, व्यवसायिक गतिविधि र राजश्व संकलनमा पनि शिथिलता आएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो ६ महिनामा निर्यात र आयातमा कमी आएको छ। पुस महिनाको अवधिमा कूल वस्तु निर्यातमा ७.२ प्रतिशत र आयातमा ३.८ प्रतिशतले कमी आएको हो।

अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्यातमा कमी हुनुमा उत्पादन कम्पनीहरूले गति लिन नसक्नु् नै मुख्य कारण रहेको बताए। अर्थमन्त्री महतले आयातमा कमीबारे सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए।

यसैगरी यो अवधिमा २४ अर्ब ४८ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत भएको छ। बजार पूँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड रहेको अवस्था रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

यो अवधिमा विप्रेषण आप्रवाह नेपाली मुद्रामा २५.३० प्रतिशतले बढेको छ। यो ७ अर्ब ३३ अर्ब २२ करोड पुगेको अवस्था हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *