काठमाडौं । कोशी प्रदेशको पुन : नामकरण गर्न सरकार र पहिचान पक्षाधरबीच सहमति भएको छ । सरकार र संयुक्तसंघर्ष समितिको शुक्रबार भएकाे दोस्रो वार्ता मार्फत कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउने लगायत विषयमा ५ बुँदे सहमति सहमति भएको हो ।
कोशी प्रदेशमा नेकपा एमालेबाट निर्वाचित भएका पूर्व मुख्यमन्त्री हिकमत कुमार कार्कीको पालामा राजनैतिक दलहरुको सहमतिअनुसार बहुमतबाट १ नं, प्रदेशको नाम कोशी नामाकरण गरिएको थियो । तर प्रदेशमा राजनीतिदलको वृत परिर्वतन भएपछि कोशी प्रदेशको नामकरण परिवर्तन गर्न लागिएको हो ।
अहिले कोशी प्रदेशको मु्ख्यमन्त्रीमा कांग्रेसबाट निर्वाचित केदार कार्की रहेका छन् । सत्तागठबन्धनभित्र भएको आन्तरिक छलफलपछि शुक्रबार कोशीको नाम परिवर्त गर्ने कुरामा सहमति भएको हो । पहिचान पक्षधरले कोशी प्रदेश नाम मान्य नभएको भन्दै किराँत प्रदेश तथा लिम्बुवान राज्य घोषणा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्र्रिने क्रममा एक जनाले आन्दोलनका क्रममा ज्यान समेत गुमाएका थिए । यद्यपी प्रदेशको नामाकरण स्थायी नहुनाले कोशी प्रदेशले धेरै क्षेति बेहोर्दै आएको छ । प्रदेशको समग्र समझदारी र शान्तिपूर्ण विकास र रुपान्तरणका लागि कोशी प्रदेशको नामाकरण स्थायी हुन आवश्यक छ ।
सरकार र पहिचान पक्षाधरबीच भएको सहमतिका पाँच बुँदा यस्ता छन् :





