खेलकुद

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ । कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालका ओपनर भुर्तेलले शानदार ब्याटिंग गर्दै ४४ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यसक्रममा उनले ८ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *