मधेश प्रदेश

राष्ट्रियसभा निर्वाचनः जनकपुरमा मतगणना सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सातै प्रदेशका १४ मतदान केन्द्रमा बिहीबार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । निर्वाचन आयोगका अनुसार चुनावमा ९९.३२ प्रतिशत मत खसेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राति ८ बजेसम्म सबै नतिजा आउने छ । मधेश प्रदेशको जनकपुरमा मतगणना सुरु भइसकेको छ ।

अन्य प्रदेशमा पनि सर्वदलीय बैठकहरु सुरु भएका छन् । अबको एक घन्टामा सबै प्रदेशमा मतगणना सुरु हुनेछ । राष्ट्रिय सभाका १९ सिटका लागि आज निर्वाचन भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *