कर्णाली प्रदेश

राष्ट्रिय सभा सदस्य निर्वाचन : कर्णाली प्रदेशमा शतप्रतिशत मत

काठमाडौं । कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो एक बजेसम्ममा सकिएको हो । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार कर्णाली प्रदेशमा शतप्रतिशत मतदान भएको छ ।

७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी बनेका उनले जानकारी दिए । दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । जस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम)अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् । केही समयपछि निर्वाचनको मतगणना सुरु हुने स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *