काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदानस्थल हेटौंडास्थित भुटनदेवी माविमा जारी मतदानमा अहिलेसम्म प्रदेश सभातर्फ महिला ३६ र पुरूष र ६१ गरी ९७ जनाले मतदान गरेका छन । प्रदेश सभातर्फ ११० मतदाता रहेका छन्। यस्तै स्थानीय तहतर्फ महिला ७२ र पुरूष १५२ गरी २२४ जनाले मतदान गरेको स्रोतले जनाएको छ ।
निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार प्रदेश सभातर्फ ११ मतदाताले मतदान गर्न बाँकी रहेको छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख गरी ८ जनाले मतदान गर्न बाँकी छ । स्थानीय तहतर्फ २३७ मतदाता रहेका छन्। ४ पदका लागि १५ जना उम्मेदवार प्रतिस्पर्धाको दौडानमा रहेका छन् ।




