रिबन

मोदीले उठाएको हिन्दु अतिवादी एजेन्डाको भेलले नेपालको राष्ट्रियता बगाइदिने त होइन ?

दूरदर्शी राज नेता वीपी कोइरालाले २०३३ सालतिर भारत निर्वासनमा रहेको बेला भनेका थिए– ‘सत्ता सञ्चालनको जिम्मेवारी पाउने मूलधारका राजनीतिक दलहरुले बाटो बिराउँदै गए भने धार्मिक तथा जातीय अतिवादीहरु शासन सत्तामा पुुग्ने खतरा रहन्छ ।’

त्यतिबेला भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएर जनताका अधिकार खोसेपछि वीपी कोइरालाले राजनीतिक भविष्यवाणी गर्दै भनेका थिए–‘ ‘अब भारतमा क्षेत्रीय पार्टीहरु जन्मने छन्, क्षेत्रीय पार्टीहरुको असफलतापछि राष्ट्रिय पार्टीको खोजी जनताले गर्नेछन्, त्यसक्रममा राष्ट्रिय पार्टीका रुपमा धार्मिक अतिवादी पार्टीको उदय हुनेछ ।’

नभन्दै भारतमा त्यही भइरहेको छ । नेपालमा पनि त्यसको बाछिटा आउन थालेको संकेत देखिएको छ । एकातिर हिन्दू धर्मको एजेण्डा बोक्न थालेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा भीड बढ्दै गएको छ । अर्कातिर भारतीय प्रधानमन्त्री मोदीका ‘फ्यान’हरुको संख्या पनि नेपालमा बढ्न थालेको छ ।

मोदीले उठाएको हिन्दु अतिवादी एजेण्डाको भेलले नेपालको राष्ट्रियता बगाइदिने त होइन ? भन्ने आशंका उत्पन्न हुनु स्वाभाविकै हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *