काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपमा आज नेपालले न्यूजिल्यान्डसँग खेल्दैछ । खेल दक्षिण अफ्रिकाको बफेलो पार्क मैदानमा नेपाली समयअनुसार खेल दिउँसो १ः४५ बाट सुरू हुनेछ।
हालसम्म नेपाल र न्यूजिल्यान्डको यू–१९ टोली दुईपटक आमनेसामने भएका छन्। दुवैपटक नेपाल विजयी भएको छ। २००६ फेब्रुअरी १८ मा कोलम्बोमा भएको यू–१९ विश्वकपको प्लेट फाइनल खेलमा नेपालले न्यूजिल्यान्डलाई एक विकेटले हराएको थियो।
यसपछि २०१६ जनवरी २८ मा यू–१९ विश्वकपकै समूह चरणको खेलमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले हराएको थियो। नेपाल र न्यूजिल्यान्ड दुवै यो संस्करणको विश्वकपमा समूह ‘डी’मा छन्। जसमा अफगानिस्तान र पाकिस्तान पनि छन्।
नेपालले दोस्रो खेल माघ १० गते बुधबार पाकिस्तानविरुद्ध खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेल १२ गते शुक्रबार अफगानिस्तान विरुद्ध खेल्नेछ।




