विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामाकरणको विरोधमा आन्दोलित पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।
समितिले प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत समूहसँग वार्ता गर्नेछ ।
प्रदेश सभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पुन: नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।




