खेलकुद

अदालतले आठ वर्ष जेल सजाय सुनाएपछि सन्दीप क्यानबाट निलम्बन

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रिकेट संघले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ ।

‘सम्मानित काठमाडौँ जिल्ला अदालतको मिति २०८० पुस १३ को फैसला र मिति २०८० पुस २५ गतेको कसुर ठहर आदेशबमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई जबर्जस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेशअनुसार फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं,’ क्यानले बिहीबा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसअघि सन्दीपले बुधबार बेलुका क्यानलाई पत्र लेख्दै न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका थिए। न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार सन्दीपलाई आठ वर्ष कैद सजाय र पाँच लाख क्षतिपूर्ति भराउने आदेश गरेको थियो । पीडित गौशाला(२६ ले २०७९ भदौ २१ गते सन्दीपविरुद्ध गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीमा यही पुस १३ गते न्यायाधीश ढकालको एकल इजालसले सन्दीपलाई दोषी ठहर गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *