कोशी प्रदेश

मुख्यमन्त्री कार्कीले दिएको तमु ल्होसारको शुभकामना सन्देशमा प्रदेशको नाम नै गायब

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लेटर हेडमा प्रदेशको नाम नै उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका छन् । लेटरहेडमा प्रदेशको नाम नै उल्लेख नगरी शुभकामना सन्देश जारी गरेर कार्कीले संविधानको धज्जी उडाएका छन् ।

कार्की संविधानतः कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त बनेका हुन् । संविधानअनुसार नै उनले पद तथा गोपनीयताको शपथसमेत लिएका थिए । तर अहिले पहिचानवादी पक्षधरले प्रदेशको नाम विरोध गरे भन्दैमा मुख्यमन्त्री कार्कीले डराएर लेटरहेडमा प्रदेशको नाम उल्लेख नगर्नु गम्भीर लापरवाही भएको टिप्पणी हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *