खेलकुद

नेपाल सुपर लिगको उपाधिद्धारा ललितपुर विजयी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।

गत सिजनमा उपविजेता बनेको धनगढी एफसी उपविजेतामा नै सीमित ्रहेको छ । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता हासिल गर्दै गर्दा लगातार तीन गोल स्वीर्कानु प¥यो। अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे सफलता हासिल गर्न सकेन् ।

ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरेर उपाधि जिल्न सफल भए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *