खेलकुद

सन्दीप लामिछानेको मुद्दामा फाइनल बहस सकिँदै, आजै फैसला आउन सक्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवइ हुने छ । सन्दीप पक्षबाट दुईजना कानुन ब्यवसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।
गत आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको फाइनल बहस सुरु भएको हो ।

आज लन्च समयसम्ममा बहस सकिने छ। त्यसपछि जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। सन्दीप पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यवसायी सरोजकृष्ण घिमीरेले आज बहस गर्ने छन् । शुक्रबार फैसला आउन सक्ने सम्भावना धेरै रहेको कानुन व्यवसायीहरूको विश्वास छ ।

लामो समयसम्म पेसी सर्दै आउने र सुनुवाइ हुँदै हेर्दाहेर्दैमा राखेपछि न्यायाधीश पनि आलोचित भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *