कोशी प्रदेश

कोशी प्रदेशमा सर्वदलीय सरकार विस्तारका लागि छलफल जारी छ : मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार विस्तारको लागि नेकपा एमालेसँग छ्लफल गरिरहेको बताएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारमा सबैलाई समेट्ने पक्षमा जोड दिएको बताए ।

शुक्रबार हेटौंडामा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले एमालेसहितको दलहरूसँग छलफल जारी रहेकाले अहिलेसम्म सरकारले पूर्णता नपाएको उल्लेख गरे । कोशी प्रदेशमा सर्वदलीय सरकार गठनको आवश्यकता रहेको कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको भनाइ छ । सहमति जुटाउने क्रममा कोशीमा सरकार विस्तारमा ढिलाइ भएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले संघीय संसदमा व्यक्तीगत स्वार्थमा केन्द्रित कुरामात्र भइरहेको उनले बताए । संसदमा सांसदहरुले जनताका लागि काममले विश्वास देखाउन नसकेपछि अहिले विश्वास गुम्दै गएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *