काठमाडौं । एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकप्टर प्रयोग गरेर पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकप्टरको प्रयोग गरेर उक्त क्षेत्रमा गएका हुन् । संकल्प यात्राका क्रममा जनतासामु हेलिकप्टर चढेर गरिब जनतालाई भेट्न जाने एमालेको राजनीति संस्कारले जनताको सामाजिक , आर्थिक पक्षको विकासमा सहयोग पु¥याउन सक्दैन् । नेकपा एमालेले हेलिकप्टर चढेर जनतालाई सोही ठाउँमा पु¥याउने काम गर्न सकेकाे छैन् ।
जनता र नेताको सामाजिक आर्थिक अवस्थाको खाडल निकै फरक छ । नेताहरुले अहिलेसम्म पनि निर्वाचनका लागि जनताका लागि जुट्टो आश्वासन दिएर जनतालाई किन्न खोजिरहेका छन् । जनताले आगामी निर्वाचनमा नेताका भाषण किन्ने होइन आगामी निर्वाचनमा नेताहरुले पाँच वर्षको अवधिमा गरेका कामको लेखाजोखा तराजुमा राखेर मुल्याङकण गर्नुपर्छ ।
प्रत्येक नागरिकले पाँचवर्षमा नेताहरुले देशको विकासका लागि , जनताका समस्या समाधानको लागि, सुशासन र दिगो विकासमा गरेका उपलब्धीहरु अभिलेखमा राखेर फिल्मको रुपमा जताले हेरेर मात्र निर्वाचनमा राजनीतिज्ञहरुलाई भोट दिनुपर्छ । त्यसपछि मात्र प्रणाली सुधार गर्नकै लागि भएपनि राजनीति दलहरु एक ठाउँमा रहेर विधिको शासनका आधारमा नीतिसम्बद्ध काम गर्न सक्छन । हैन भने सयौँ वर्ष नेपाल विद्रोहमा जाक्किने खतरामा छ ।
जनतालाई आफ्ना भाषण बेचेरै निर्वाचन जित्ने हो । यस विषयमा अब जनता सचेत हुुनुपर्छ । अबको युगामा पनि कुरा बढी सुनेर हुँदैन् । अब त दुनियाँ गुणस्तरमुखी बन्न थालेको छ । नेताहरुलाई जनताले भोट दिएर किन्ने प्रवृतिको अन्त्यका लागि नेताहरुले गरेका कामको अभिलेख जनताले खोज्नुपर्छ । केही दिन अघि संकल्प यात्राका क्रममा ओलीले जनताको निराशा परिवर्तन गर्नकै लागि यात्रा तय भएको बताएका थिए । एमाले जस्तो देशको दोस्रो ठूलो पाटीले यसरी दिएको सहानुभूतिले जनताको सामाजिक आर्थिक अवस्था परिवर्तन हुन सक्दैन । जनतालाई सँधै खुशी बनाउनका लागि जनताले पाएको दुःख ,परिपाटी परिवर्तन गर्न सक्नुपर्छ ।
पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो ।




