काठमाडौं । नेकपा एमालेले जारी राखेको संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेपछि आक्रमण लगत्तै एमाले कार्यकर्ताले आक्रमणको प्रयास गर्ने व्यक्तीमाथि व्यक्तिलाई कुटपिट गरेका थिए । आक्रमणको प्रयास गर्ने राईलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।




